The Narratic
१ मिनेट पढाइ1 min read

समाचारNews

अस्ट्रेलिया उडिन् गायिका रचना रिमालSinger Rachana Rimal Flies to Australia

लोकप्रिय गायिका रचना रिमाल साङ्गीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया प्रस्थान गरेकी छन्। उनी अस्ट्रेलियामा आयोजना हुने ‘नेपाल फेस्टिभल सिड्नी’ र ‘नेपाल फेस्टिभल तास्मानिया’मा सहभागी हुन बुधबार अस्ट्रेलिया उडेकी हुन्।

गायिका रिमालले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो यात्राको तस्बिर सार्वजनिक गर्दै अस्ट्रेलिया भ्रमणबारे जानकारी दिएकी छन्। उनले अस्ट्रेलियामा रहेका नेपाली दर्शक तथा शुभेच्छुकलाई कार्यक्रममा भेट्न निम्तोसमेत दिएकी छन्।

‘यात्रा अस्ट्रेलियाको, नेपाल फेस्टिभल सिड्नी र नेपाल फेस्टिभल तास्मानियामा भेटौँ है,’ उनले फेसबुकमा लेखेकी छन्।

पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्रमा व्यस्त रहेकी रचनाका थुप्रै गीत लोकप्रिय छन्। नेपालसँगै विदेशमा रहेका नेपालीमाझ पनि उनको राम्रो लोकप्रियता छ।

Popular Nepali singer Rachana Rimal has departed for Australia to perform at two major cultural events, Nepal Festival Sydney and Nepal Festival Tasmania.

Rimal flew to Australia on Wednesday and shared photos from her journey on Facebook, informing fans about her upcoming appearances.

Inviting Nepali audiences and well-wishers in Australia to attend the events, she wrote: “Off to Australia. See you at Nepal Festival Sydney and Nepal Festival Tasmania.

”One of the busy singers in Nepal’s contemporary music scene, Rimal has several popular songs to her name. Her popularity also extends beyond Nepal, particularly among Nepali communities living abroad.