The Narratic
२ मिनेट पढाइ2 min read

समाचारNews

शाहरुखको ‘किङ’को ओटीटीदेखि हलसम्मका राइट्स बिक्री, रिलिजअघि नै करोडौँको आम्दानीShah Rukh Khan’s ‘King’ Bags Major OTT and Distribution Deals Ahead of December Release

बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘किङ’ले प्रदर्शनअघि नै ठूलो व्यावसायिक सफलता हासिल गरेको छ। फिल्मका विभिन्न प्रदर्शन अधिकार बिक्रीबाट निर्माण पक्षले ६६५ करोड भारतीय रुपैयाँ आम्दानी सुनिश्चित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दुई वर्षपछि ठूलो पर्दामा फर्किन लागेका शाहरुख यस फिल्ममा एक्सन भूमिकामा देखिनेछन्। आगामी डिसेम्बर २४ (पुष ९) मा प्रदर्शन हुने फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन र सुहाना खानको अभिनय छ। सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म शाहरुखकै निर्माण कम्पनी रेड चिलिज इन्टरटेनमेन्टले निर्माण गरेको हो।

भारतीय सञ्चारमाध्यम पिंकभिल्लाका अनुसार ‘किङ’को निर्माण लागत करिब ४०० करोड भारतीय रुपैयाँ पुगेको छ। सुरुमा फिल्मको बजेट २०० करोड रुपैयाँ तय गरिएको थियो। तर, निर्माण प्रक्रिया अघि बढ्दै जाँदा लागत दोब्बर पुगेको बताइएको छ।

उक्त ४०० करोडको लागतमा शाहरुख खानको पारिश्रमिक समावेश छैन। निर्देशक सिद्धार्थ आनन्दको पारिश्रमिक भने यसमै जोडिएको छ। शाहरुखको पारिश्रमिकसमेत जोड्दा फिल्मको कुल लागत ५०० करोड भारतीय रुपैयाँभन्दा माथि पुग्ने अनुमान छ। यसबाहेक फिल्मको प्रिन्ट र प्रचारप्रसारमा थप ४० देखि ५० करोड रुपैयाँ खर्च हुने आँकलन गरिएको छ।

निर्माण लागत उच्च भए पनि फिल्मले प्रदर्शनअघि नै विभिन्न अधिकार बिक्रीबाट ठूलो रकम सुनिश्चित गरेको छ। पिंकभिल्लाका अनुसार फिल्मको विदेश प्रदर्शन अधिकार न्यूनतम ग्यारेन्टी (एमजी)मा १७५ करोड भारतीय रुपैयाँमा बिक्री भएको छ। भारतभित्रको प्रदर्शन अधिकार भने पेन मरुधरले २५० करोड रुपैयाँमा खरिद गरेको छ। यसरी हल प्रदर्शन अधिकारबाट मात्रै ४२५ करोड रुपैयाँ आम्दानी सुनिश्चित भएको छ।

त्यस्तै, नेटफ्लिक्सले फिल्मको ओटीटी अर्थात् डिजिटल प्रदर्शन अधिकार १५० करोड भारतीय रुपैयाँमा खरिद गरेको बताइएको छ। नेटफ्लिक्ससँगको सम्झौता फिल्मको बक्स अफिस प्रदर्शनसँग पनि जोडिएकाले यसको मूल्य थप बढ्न सक्ने अनुमान गरिएको छ।

फिल्मको म्युजिक राइट्सबाट ६५ करोड र स्याटेलाइट अर्थात् टेलिभिजन प्रदर्शन अधिकारबाट २५ करोड भारतीय रुपैयाँ आम्दानी भएको पिंकभिल्लाले जनाएको छ।

हल प्रदर्शन, ओटीटी, म्युजिक र स्याटेलाइट अधिकारको रकम जोड्दा ‘किङ’ले प्रदर्शनअघि नै ६६५ करोड भारतीय रुपैयाँको कारोबार सुनिश्चित गरेको देखिन्छ। फिल्मले हलमा राम्रो व्यापार गरेमा यसको आम्दानी अझै बढ्न सक्ने अपेक्षा गरिएको छ।

उच्च बजेट, स्टार कलाकार र प्रदर्शनअघि नै भएको ठूलो अधिकार बिक्रीका कारण ‘किङ’ बलिउडको बहुप्रतीक्षित फिल्ममध्ये एक बनेको छ।

Bollywood superstar Shah Rukh Khan's upcoming action film King has reportedly secured massive pre-release business worth Rs 6.65 billion (Rs 665 crore) through the sale of its distribution and other rights, according to Indian media reports.

The film marks Shah Rukh's return to the big screen after a two-year gap. Scheduled for release on December 24 (Poush 9), King also stars Deepika Padukone, Rani Mukerji, Abhishek Bachchan and Suhana Khan. Directed by Siddharth Anand, the film is produced by Shah Rukh's production company, Red Chillies Entertainment.

According to a report by Indian entertainment portal Pinkvilla, the film's production budget has reached approximately Rs 4 billion (Rs 400 crore). The initial budget was reportedly set at Rs 200 crore, but costs continued to rise as production progressed.

The reported Rs 400 crore production budget does not include Shah Rukh Khan's remuneration, although director Siddharth Anand's fee is included. With Shah Rukh's remuneration added, the total production cost is expected to exceed Rs 500 crore. An additional Rs 40–50 crore is estimated to be spent on prints and advertising.

Despite its high production cost, King has reportedly secured substantial revenue through pre-release rights deals.

According to Pinkvilla, the film's overseas theatrical distribution rights have been sold for Rs 175 crore on a minimum guarantee (MG) basis. Its domestic theatrical rights have reportedly been acquired by Pen Marudhar for Rs 250 crore. Together, the theatrical rights alone account for Rs 425 crore in secured business.

The film has also reportedly secured a major digital deal. Netflix has acquired its OTT streaming rights for Rs 150 crore. The agreement is said to be linked to the film's box-office performance, potentially allowing the deal's value to increase further.

In addition, the music rights have reportedly been sold for Rs 65 crore, while the satellite television rights have generated another Rs 25 crore.

With theatrical, digital, music and satellite rights combined, King has reportedly secured a total of Rs 665 crore in pre-release business.The film's overall earnings could rise further if it performs strongly at the box office. With its high production budget, star-studded cast and substantial pre-release deals, King is shaping up to be one of Bollywood's most anticipated releases.