The Narratic
१ मिनेट पढाइ1 min read

समाचारNews

तीन वर्षपछि निर्देशनमा फर्किए निश्चल बस्नेत, माघ पहिलो साताबाट ‘डेनी डेन्जरस’को छायांकनNischal Basnet Returns to Direction After Three Years, ‘Danny Dangerous’ to Begin Filming in Magh

निर्देशक तथा अभिनेता निश्चल बस्नेत तीन वर्षपछि निर्देशनमा फर्किने भएका छन्। उनले आकाश बरालसँग मिलेर नयाँ फिल्म ‘डेनी डेन्जरस’को पटकथा लेखन पूरा गरेसँगै निर्देशनमा फर्किने तयारी गरेका हुन्।

निर्माण टिम आगामी माघ महिनाको पहिलो साताबाट फिल्मको छायांकन सुरु गर्ने योजनामा छ। यद्यपि, छायांकनका लागि तय गरिएको स्थान र फिल्ममा अभिनय गर्ने कलाकारबारे निर्माण पक्षले अहिलेसम्म जानकारी सार्वजनिक गरेको छैन।

प्राप्त जानकारीअनुसार ‘डेनी डेन्जरस’को कथा कुकुर र मानिसबीचको सम्बन्ध वरिपरि केन्द्रित हुनेछ। निश्चलले पनि सामाजिक सञ्जालमार्फत पटकथा लेखन पूरा भएको जानकारी दिएका छन्। उनले ‘लेखाई सकियो, हरेक कुकुरको दिन आउँछ’ भन्दै नयाँ फिल्मको संकेत गरेका छन्।

निश्चल र उनकी पत्नी स्वस्तिमा खड्काको कम्पनी ब्ल्याकहर्स इन्टरटेनमेन्टले फिल्म निर्माण गर्नेछ।

यसअघि निश्चलको निर्देशनमा बनेको फिल्म ‘दिमाग खराब’ तीन वर्षअघि प्रदर्शनमा आएको थियो। त्यसपछि उनी ‘बेहुली फ्रम मेघौली’मा मुख्य अभिनेताका रूपमा देखिएका थिए।

‘डेनी डेन्जरस’मार्फत निर्देशनमा फर्किन लागेका निश्चलको नयाँ फिल्मलाई लिएर दर्शकमाझ चासो बढेको छ।

Director and actor Nischal Basnet is set to return to direction after a gap of three years. His comeback project, titled Danny Dangerous, has moved closer to production following the completion of its screenplay, which he co-wrote with Aakash Baral.

According to reports, the production team is planning to begin filming in the first week of Magh. However, the shooting location and cast members have not yet been announced.

The story of Danny Dangerous is reportedly centred on the relationship between dogs and humans. Basnet also shared an update on social media, writing, “The writing is complete, every dog has its day,” hinting at the completion of the screenplay.

The film will be produced by Black Horse Entertainment, the production company owned by Basnet and his wife, actress Swastima Khadka.

Basnet's previous directorial venture, Dimag Kharab, was released three years ago. Following that film, he appeared as a lead actor in Behuli from Meghauli.

With Danny Dangerous, Basnet is preparing to return behind the camera. Further details about the cast, shooting locations and release schedule are yet to be announced.