The Narratic
अनमोल र प्रिन्सीको प्रेमकथामा परिवार बाधक!: भिडियोको दृश्य
२ मिनेट पढाइ2 min read

समाचारNews

अनमोल र प्रिन्सीको प्रेमकथामा परिवार बाधक!Family Stands in the Way of Anmol and Princy’s Romance in ‘Batulo Jun’ Trailer

भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक भएको छ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु र परिवेशबारे संकेत गरेको छ।

३०–४० को दशकको ग्रामीण परिवेशमा आधारित देखिने ट्रेलर अनमोल केसी र प्रिन्सी खतिवडाको प्रेमकथामा केन्द्रित छ। फिल्ममा अनमोलले काजीको भूमिका निर्वाह गरेका छन्। गाउँमा पढाउने क्रममा उनको प्रिन्सीले अभिनय गरेको पात्रसँग प्रेम बस्छ।

तर, उनीहरूको प्रेम सम्बन्धमा अनमोलको परिवार बाधक बनेको ट्रेलरमा देखाइएको छ। परिवारको असहमतिबीच उनीहरूको प्रेमले पूर्णता पाउँछ कि पाउँदैन भन्ने प्रश्नले दर्शकमाझ उत्सुकता जगाएको छ।

ट्रेलरमा भुवन केसी र गरिमा पन्त पनि देखिएका छन्। उनीहरूको युवावस्थाको भूमिकामा अनमोल र प्रिन्सी प्रस्तुत भएका छन्। फिल्ममा बुबाको भूमिका निर्वाह गर्न अनमोलले जुँगा समेत पालेका छन्।

समग्रमा ट्रेलरले पुरानो समयको ग्रामीण परिवेश र क्लासिक प्रेमकथाको झल्को दिएको छ। फिल्मले जेन एक्स र जेन वाई पुस्ताका दर्शकलाई विगतका दिनको सम्झना गराउने अपेक्षा गरिएको छ।

भुवन केसीको निर्देशनमा बनेको चलचित्रमा अनमोल र प्रिन्सीसँगै न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, अमितेश शाह, शिशिर सिवाकोटी, हिना नगरकोटी र संगी अधिकारीलगायत कलाकारको अभिनय छ।

सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन्।‘बाटुलो जून’ कात्तिक २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ।

The trailer for the upcoming Nepali film ‘Batulo Joon’ has been released ahead of its theatrical debut on Kartik 26, the day after Bhai Tika. The trailer was unveiled at an event in Kathmandu on Wednesday, offering a glimpse into the film’s storyline and period setting.

Set against a rural backdrop reminiscent of the 1930s and 1940s, the trailer centres on the romance between Anmol KC and Princy Khatiwada. Anmol plays Kaji, who falls in love with Princy’s character while teaching in a village.

However, their relationship faces opposition from Anmol’s family. The trailer leaves audiences wondering whether the couple will be able to overcome the family’s disapproval and find a happy ending.

The trailer also features Bhuvan KC and Garima Panta. Anmol and Princy portray the younger versions of their characters. Anmol has also grown a moustache for his role as a father.

Overall, the trailer evokes the atmosphere of an earlier rural era and offers a glimpse of a classic romantic drama. The film is expected to evoke nostalgia among audiences from Generation X and Generation Y.

Directed by Bhuvan KC, the film features Anmol KC and Princy Khatiwada alongside Nancy Khadka, Prakash Ghimire, Rare Rai, Deepak KC, Shweta Mishra, Laxmi Giri, Laxminath Timilsina, Amitesh Shah, Shishir Siwakoti, Hina Nagarkoti and Sangi Adhikari, among others.

The screenplay is written by Samipy Raj Timalsena and Sarin Pokharel. Jiya KC and Bhawishya Khadka are the producers.‘Batulo Joon’ is scheduled to release in cinemas across Nepal on Kartik 26.

यूट्युबमा हेर्नुहोस्Watch on YouTubeयो लेखको भिडियो संस्करणThe video version of this article