The Narratic
२ मिनेट पढाइ2 min read

समाचारNews

‘परान’ निर्देशक काकुको दोस्रो फिल्म ‘चिरञ्जीवी भवः’का दुई पोस्टर सार्वजनिकTwo Posters of ‘Chiranjivi Bhavah’, Second Film by ‘Paran’ Director Kaku, Unveiled

गत वर्षको ब्लकबस्टर फिल्म ‘परान’का निर्देशक दीपक प्रसाद आचार्य (काकु)को दोस्रो निर्देशकीय फिल्म ‘चिरञ्जीवी भवः’का दुई पोस्टर सार्वजनिक भएका छन्। माघ १ गते प्रदर्शनमा आउने फिल्मका पोस्टरले दुई पुस्ताबीचको सम्बन्ध र भावनात्मक कथाको संकेत गरेका छन्।

सार्वजनिक पोस्टरमध्ये एउटामा हरिवंश आचार्य र आशीर्वाद क्षेत्री देखिएका छन्। हजुरबुबाको भूमिकामा रहेका हरिवंशले आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य पोस्टरमा छ। दोस्रो पोस्टरमा हरिवंश र आशीर्वादसँगै अभिनेत्री प्रशंसा रायमाझी पनि देखिएकी छन्। उक्त पोस्टरमा हरिवंश गम्भीर मुद्रामा प्रस्तुत छन्।

दुवै पोस्टरमा खुसी र पीडाको मिश्रण देखिन्छ। यसले फिल्म पारिवारिक सम्बन्ध र दुई पुस्ताबीचको भावनात्मक सम्बन्धमा केन्द्रित रहेको संकेत गर्छ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीसहित करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी र सुस्मिता कुँवरलगायत कलाकारको अभिनय छ।

हास्य कलाकार कुमार कट्टेल (जिग्री ब्रो)को कथा रहेको फिल्मको लेखन सविन अधिकारी र वसन्त न्यौपानेले गरेका छन्। उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको फिल्ममा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा छन्।

फिल्ममा शिवराम श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन तथा बाबु गिरी, सुशान्त गौतम, निरञ्जन थापा र समीर खरेलको संगीत रहेको छ।

‘परान’पछि निर्देशक काकुको दोस्रो निर्देशकीय फिल्म भएकाले ‘चिरञ्जीवी भवः’लाई दर्शकले चासोका साथ हेरेका छन्। फिल्म माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ।

Two posters of Chiranjivi Bhavah, the second directorial venture of Deepak Prasad Acharya, popularly known as Kaku, have been unveiled. Acharya previously directed last year's blockbuster film Paran.

Scheduled to release on Magh 1, the film's first-look posters offer a glimpse into an emotional story that appears to revolve around relationships between two generations.

One of the posters features Hari Bansha Acharya and Aashirwad Chhetri. Hari Bansha, who plays the grandfather, is seen giving his blessings to Aashirwad. The second poster features Hari Bansha, Aashirwad and actress Prashansa Rayamajhi. Hari Bansha appears serious in this poster.

Both posters blend moments of happiness and pain, hinting at a story centred on family bonds and emotional connections across generations.

Produced under the banners of Jigri Entertainment and Premier Production, the film features Hari Bansha Acharya, Aashirwad Chhetri and Prashansa Rayamajhi, alongside Karishma Manandhar, Mishri Thapa, Kamalmani Nepal, Abhay Baral, Suman Karki, Subarna Thapa, Tulsi Ghimire, Saroj Aryal, Harish Niraula (Cockroach), Geeta Adhikari and Susmita Kunwar, among others.

The story has been written by comedian Kumar Kattel, popularly known as Jigri Bro, while Sabin Adhikari and Basanta Neupane have handled the writing.

Umesh Kumar Baral and Chiran KC are the producers, with Gajit Bista and Shailesh Khatri serving as executive producers.

The film features cinematography by Shivaram Shrestha, editing by Mitra D. Gurung, and music by Babu Giri, Sushant Gautam, Niranjan Thapa and Sameer Kharel.

Following the success of Paran, Kaku's second directorial venture has drawn attention with its first-look posters. Chiranjivi Bhavah is scheduled to hit cinemas on Magh 1.