The Narratic
​‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोल र प्रिन्सीको रोमान्स: भिडियोको दृश्य
२ मिनेट पढाइ2 min read

समाचारNews

​‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोल र प्रिन्सीको रोमान्स​Title Track of 'Batulo Jun' Released Ahead of Tihar

तिहारको अवसर पारेर आगामी कात्तिक २६ गते (भाइटीकाको भोलिपल्ट) बाट देशभर प्रदर्शनमा आउन लागेको प्रतीक्षित फिल्म ‘बाटुलो जून’को शीर्ष (टाइटल) गीत सार्वजनिक गरिएको छ। प्रेममा परेका जोडीको मधुर भावना समेटिएको यस रोमान्टिक गीतमा एसडी योगी र सानु सुनारको स्वर, एसडी योगीको संगीत तथा राम अविरल विष्टको शब्द रचना रहेको छ।​

कविराज गहतराजको उत्कृष्ट कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी अनमोल केसी र प्रिन्सी खतिवडाका साथै भुवन केसी र गरिमा पन्त प्रस्तुत छन्। भिडियोमा अनमोल र प्रिन्सीलाई भुवन र गरिमाको युवावस्थाको रूपमा देखाइएको छ, जहाँ दुवै जोडीको रोमान्टिक केमेस्ट्रीले दर्शकलाई आकर्षित गर्छ।​

सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको यस फिल्मलाई अभिनेता भुवन केसीले निर्देशन गरेका हुन्। ३० को दशकको पृष्ठभूमिमा आधारित प्रेमकथामा निर्मित यस फिल्ममा अनमोल, प्रिन्सी, भुवन र गरिमाका साथै न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटी र हिना नगरकोटीलगायतको अभिनय छ।​

फिल्मको कथा सामिप्यराज तिमल्सेना, सरिन पोखरेल र काजल केसीले लेखेका हुन् भने पटकथा तथा संवाद सामिप्यराज र सरिनको छ। अभिनेत्री जीया केसी र भविष्य खड्का निर्माता तथा विवेक थापा सह-निर्माता रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, युग भुसाल र एसडी योगीको संगीत, रोमन बज्राचार्यको पार्श्व संगीत तथा सार्थक तालेको ध्वनि संयोजन छ।

The makers of the upcoming film 'Batulo Joon', slated for release on Kartik 26 (the day after Bhai Tika), have unveiled its title track. Capturing the tender emotions of a romantic couple, the melodious track is composed by SD Yogi, with lyrics penned by Ram Abiral Bista and vocals rendered by SD Yogi alongside Sanu Sunar.​

Choreographed by Kaviraj Gahatraj, the music video features lead actors Anmol KC and Princy Khatiwada alongside director Bhuwan KC and actress Garima Panta. In the video, Anmol and Princy portray the younger avatars of Bhuwan and Garima, showcasing a captivating onscreen chemistry across both eras.

​Directed by Bhuwan KC under the banner of Sunrise Pictures, the film is set against a retro 1980s love story. The ensemble cast includes Nancy Khadka, Prakash Ghimire, Rear Rai, Deepak KC, Shweta Mishra, Laxmi Giri, Laxminath Timilsina, Shishir Siwakoti, and Hina Nagarkoti.​

The story is crafted by Samipyaraj Timalsena, Sarin Pokharel, and Kajal KC, with screenplay and dialogues by Samipyaraj and Sarin. Produced by Jiya KC and Bhabishya Khadka alongside co-producer Bibek Thapa, the project features cinematography by Rajesh Shrestha, editing by Krishna Bhandari, music by Yug Bhusal and SD Yogi, background score by Roman Bajracharya, and sound design by Sarthak Tale.

यूट्युबमा हेर्नुहोस्Watch on YouTubeयो लेखको भिडियो संस्करणThe video version of this article