
‘१२ गाउँ २’ को तेस्रो गीत ‘रेशमी रुमाल’ सार्वजनिक, विराज-वर्षाको रोमान्टिक केमेस्ट्रीThird Song 'Reshmi Rumal' from '12 Gaun 2' Released, Showing Biraj-Barsha's Romantic Chemistry
अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’ को प्रदर्शन नजिकिँदै गर्दा निर्माण पक्षले प्रचार तीव्र बनाएको छ। गएको एक महिनामा फिल्मका पोस्टर, टिजर र गीत सार्वजनिक भइसकेका छन्। यसैक्रममा बुधबार तेस्रो गीत ‘रेशमी रुमाल’ सार्वजनिक गरिएको छ।
गीतमा निशान भट्टराई र समीक्षा अधिकारीले स्वर दिएका छन्। शब्द डिपी खनालको, संगीत देवेन्द्र बरालको र संगीत संयोजन उदयराज पौडेलको हो। गीतको भिडियोमा फिल्मका मुख्य जोडी विराज भट्ट र वर्षा इटानीको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ। दुवैले आकर्षक नृत्य प्रस्तुत गरेका छन्, जसको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन्।
असोज ३० गतेबाट सिनेमाघरमा आउने यो फिल्ममा विराज र वर्षासँगै समीर भट्ट, कृशु शाही, अनुप विक्रम शाही, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा आरएल शाह, पूर्णबहादुर गन्धर्व र साहिल सिंह ठकुरीलगायतले अभिनय गरेका छन्। निर्माता सरस्वती भट्ट (विराजकी श्रीमती) हुन्।
फिल्ममा महेश पौडेल डीओपी छन्, छायांकन राम केसी र राजु लामाको हो। सम्पादन बन्दे प्रसाद, लेखन सन्तोष सरकार, द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जन, पार्श्व संगीत कालाचरण र ध्वनि संयोजन गीता गुरप्पाको हो। यो फिल्म २०८१ सालमा प्रदर्शन भएको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ को सिक्वेल हो।
As the release of '12 Gaun 2', directed by actor Biraj Bhatta, draws near, the producers have stepped up promotion. Over the past month, the film's posters, teaser and songs have been released. As part of this, the third song, 'Reshmi Rumal', came out on Wednesday.
The song is sung by Nishan Bhattarai and Samikshya Adhikari. The lyrics are by DP Khanal, the music by Devendra Baral and the arrangement by Udayaraj Poudel. The video shows the romantic chemistry between the film's lead pair, Biraj Bhatta and Barsha Itani, who perform attractive dance moves choreographed by Sion Shrestha.
Releasing on Ashoj 30, the film also features Sameer Bhatta, Krishu Shahi, Anup Bikram Shahi, Khushi Karki, Prakash Shah, Sunil Pokharel, Kanij Koirala, Kalu Rana, Pushkar Bhatt, Shiv Kumar Singh, Neha RL Shah, Purna Bahadur Gandharva and Sahil Singh Thakuri, among others. The producer is Saraswati Bhatta, Biraj's wife.
Mahesh Poudel is the DOP, with cinematography by Ram KC and Raju Lama. Editing is by Bande Prasad, writing by Santosh Sarkar, action direction by Stun Silva and Shankar Maharjan, background music by Kalacharan and sound design by Geeta Gurappa. The film is the sequel to '12 Gaun', the blockbuster released in 2081 BS.
यूट्युबमा हेर्नुहोस्Watch on YouTube


