The Narratic
१ मिनेट पढाइ1 min read

समाचारNews

दाङमा ‘सिन्दूर’को छायांकन जारी, निरुता सिंह र विपिन कार्की फिल्ममा जोडिएShooting of 'Sindoor' Continues in Dang as Niruta Singh and Bipin Karki Join the Cast

‘परालको आगो’ का निर्देशक लक्ष्मण सुनारको नयाँ फिल्म ‘सिन्दूर’को छायांकन पश्चिम नेपालको दाङमा चार दिनदेखि चलिरहेको छ। गत शुक्रबार मुहूर्त हुँदा मुख्य कलाकारमा पुष्प खड्का र प्रशंसा रायमाझीको नाम मात्र सार्वजनिक गरिएको थियो। अब थप दुई कलाकारको जानकारी आएको छ।

फिल्ममा निरुता सिंह र विपिन कार्की आबद्ध भएका छन्। निरुता यही साताबाट छायांकनमा जोडिनेछिन् भने विपिन दशैंपछि सहभागी हुनेछन्। यो फिल्ममा निरुता र विपिन पहिलो पटक एकसाथ देखिँदैछन्। उनीहरूको भूमिकाबारे निर्माण पक्षले अहिलेसम्म केही खुलाएको छैन। अघिल्लो पुस्ताकी चर्चित अभिनेत्री रेजिना उप्रेतीले पनि फिल्मामा अभिनय गर्नेछिन्।

सञ्जीव सार्कीको लगानीमा बन्ने फिल्ममा दिनेश सिंह महरा कार्यकारी निर्माता छन्। कथा निर्देशक सुनार स्वयंले लेखेका हुन्। छायांकन संकल्प भुजेल, संगीत प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकाल, अनि नृत्य निर्देशन रामजी लामिछानेको हुनेछ।

फिल्मले विवाहित महिलाका लागि सिन्दूरको महत्त्व कति हुन्छ भन्ने कथा प्रस्तुत गर्ने जनाइएको छ।

Shooting of 'Sindoor', the new film by 'Paralko Aago' director Laxman Sunar, has been going on in Dang, western Nepal, for four days. When the film's muhurat was held last Friday, only Pushpa Khadka and Prashansa Rayamajhi had been named as lead actors. Now two more cast members have been announced.

Niruta Singh and Bipin Karki have joined the film. Niruta will begin shooting this week, while Bipin will join after Dashain. This is the first time Niruta and Bipin will appear together on screen. The producers have not yet revealed their roles. Reginá Upreti, a popular actress of the earlier generation, will also act in the film.

Financed by Sanjeev Sarki, the film has Dinesh Singh Mahara as executive producer. The story is written by director Sunar himself.

Cinematography is by Sankalpa Bhujel, music by Prashant Sibakoti, Shrikrishna Bam Malla and Dinesh Dhakal, and choreography by Ramji Lamichhane.

The film is said to present a story about how important sindoor is to a married woman.