
विवादबीच ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक, युधिष्ठिर बनेर पृथ्वीमा आए हरिवंश‘Panch Pandav’ Unveils Second Trailer Amid Controversy, Hari Bansha Leads as Yudhishthira
काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ। यही शुक्रबार, २० कात्तिकबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर निर्माण पक्षले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरेको हो।
फिल्मलाई लिएर सामाजिक सञ्जालमा विवाद र आलोचना भइरहेका बेला सार्वजनिक भएको तीन मिनेटभन्दा लामो ट्रेलरले कथावस्तुबारे थप संकेत गरेको छ।
ट्रेलरको केन्द्रमा अभिनेता हरिवंश आचार्य छन्। फिल्ममा युधिष्ठिरको भूमिकामा देखिएका उनी आफ्ना चार भाइको खोजीमा स्वर्गबाट पृथ्वीमा आएको प्रसंग ट्रेलरमा प्रस्तुत गरिएको छ। पृथ्वीमा भेटिएका चार भाइसँग मिलेर युधिष्ठिरले कलियुगमा अन्याय र अत्याचारविरुद्ध महाभारत सुरु गर्ने संकेत ट्रेलरले गर्छ।
महाभारतका पात्रलाई कलियुगको परिवेशमा प्रस्तुत गरिएको ट्रेलर हास्यप्रधान देखिन्छ। यसले फिल्ममा कमेडीसँगै सामाजिक विषयवस्तु पनि समेटिएको संकेत गरेको छ।
वसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्यसँगै आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, विनोद न्यौपाने, इभा गिरी, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार र सीता न्यौपानेलगायत कलाकारको अभिनय छ।
फिल्मलाई काली रानी श्रेष्ठले निर्माण गरेकी हुन् भने नवीन श्रेष्ठ प्रस्तुतकर्ता छन्। पत्रकार सुशील पौडेलले फिल्मको लेखन गरेका छन्।
फिल्ममा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ। त्यस्तै, पुकार धिमालले भिएफएक्स, सम्राट बस्नेतले द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन्।
फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ। सामाजिक सञ्जालमा उठेको विवाद र दोस्रो ट्रेलरले देखाएको हास्यप्रधान कथावस्तुका बीच ‘पाँच पाण्डव’ले दर्शकको कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ।
Kathmandu: The second trailer of Nepali film Panch Pandav has been released ahead of its theatrical debut this Friday, Kartik 20. The production team unveiled the trailer at an event in Kathmandu on Tuesday, amid ongoing criticism and controversy surrounding the film on social media.
Running for more than three minutes, the new trailer offers a clearer glimpse into the film's storyline.Actor Hari Bansha Acharya is at the centre of the trailer, portraying Yudhishthira, the eldest of the five Pandavas. The story follows his arrival on Earth from heaven in search of his four brothers.
The trailer suggests that Yudhishthira reunites with his brothers and joins them in starting a new Mahabharata against injustice and oppression in the age of Kali Yuga.
Overall, the trailer adopts a comedy-driven approach, blending characters inspired by the Mahabharata with a contemporary setting.Directed by Basanta Niraula, the film features Hari Bansha Acharya alongside Aryan Sigdel, Jitu Nepal, Mahesh Tripathi, Sushil Sitaula, Deepashree Niraula, Binod Neupane, Eva Giri, Sarita Giri, Rama Thapaliya, Prashant Tamrakar and Sita Neupane, among others.
The film is produced by Kali Rani Shrestha, with Nabin Shrestha serving as presenter. Journalist Sushil Paudel has written the film.The technical team includes cinematographer Shyam Tamang, editor and colourist Suprim Parajuli, music composer Arjun Pokharel, sound designer Uttam Neupane and background score composer Sujil Karmacharya. Pukar Dhimal is responsible for VFX, Samrat Basnet for action direction, and Gambhir Bista and Bikram Swar for choreography.
RR Films will handle the film's distribution.With controversy surrounding the film and the new trailer presenting a comedy-focused take on the Mahabharata-inspired characters, audience reactions to Panch Pandav are keenly anticipated when it arrives in cinemas on Kartik 20.
यूट्युबमा हेर्नुहोस्Watch on YouTube


