
‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, काजी र मैयाँको मिलन'Kabaddi 5' Trailer Out, Kaji and Maiya Finally Unite
‘कबड्डी’ भनेपछि दर्शकले सबैभन्दा पहिले काजी र मैयाँलाई सम्झन्छन्। पहिलो दुई भागमा काजीले मैयाँलाई एकतर्फी माया गरे। त्यसपछिका दुई भागमा उनको जीवनमा नयाँ सोल्टिनी आए। अब ‘कबड्डी ५’ मा काजी र मैयाँको मिलन भएको देखिएको छ। मंगलबार सार्वजनिक ट्रेलरले यो खुलासा गरेको हो।
चार मिनेटभन्दा लामो ट्रेलरमा धोका खाएर विरक्त बनेका काजीका सपना र मैयाँ आएपछिका उतारचढाव देखाइएका छन्। नयाँ सोल्टिनीसँग घरबार बसाएका काजीले मैयाँका लागि गर्ने त्याग ट्रेलरको मुख्य विषय हो। यसपटक काजीको बाटो छेक्न विपिन कार्कीको प्रवेश भएको देखिन्छ, र दुईबीचको घम्साघम्सीले ट्रेलरलाई रोचक बनाएको छ।
ट्रेलरको सुरुमा काजी आफ्नो जीवनको सत्य स्वीकार गर्दै देखिन्छन्। त्यसपछि उनी गाउँमै रिसोर्ट खोल्ने योजना बनाउँछन्। तर बुवाले बिहेको सर्त राखेपछि उनी अप्ठ्यारोमा पर्छन्। बिहेपछि मैयाँ र मिस शान्तिसँग भेट हुँदा कथाले नयाँ मोड लिन्छ। समग्रमा ट्रेलरले काजीको जीवनमा आउन लागेको उथलपुथलको झलक दिन्छ।
रामबाबु गुरुङले लेखेर निर्देशन गरेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, सुरज यादव, रमेश बज्राचार्य र ज्ञानु जोशीले अभिनय गरेका छन्।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका निर्माता निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुन्। सागर राज कार्यकारी निर्माता हुन्। संगीत कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको, छायांकन सञ्जय लामाको र सम्पादन सुरेन्द्र पौडेलको हो। फिल्म दसैँ विदाको मौका पारेर टीकाको पर्सिपल्ट, अर्थात् कात्तिक ६ गते प्रदर्शनमा आउँदैछ।
Say "Kabaddi" and two names come to mind: Kaji and Maiya. In the first two films, Kaji pined for Maiyan from a distance. In the next two, other women walked into his life. Now the 'Kabaddi 5' trailer, released Tuesday, reveals that the two finally end up together.
The trailer runs over four minutes. It opens on a Kaji worn down by betrayal, with dreams of his own, then follows the turns his life takes once Maiyan arrives. Married to another woman, Kaji is ready to sacrifice for Maiya, and that sacrifice drives the trailer. Bipin Karki appears as the man standing in his way, and the fights between the two add plenty of spark.
Kaji first appears owning up to the truth of his life, then plans to open a resort in his village. His father's insistence on marriage corners him. After the wedding he runs into Maiya and Miss Shanti, and the story takes a sharp turn. The trailer promises a lot of upheaval ahead.
Written and directed by Rambabu Gurung, the film stars Dayahang Rai, Bipin Karki, Rishma Gurung, Sirjana Gurung, Bijay Baral, Buddhi Tamang, Miruna Magar, Pushkar Gurung, Kabita Aale, Aruna Karki, Shishir Bangdel, Maotse Gurung, Kamalmani Nepal, Bishnu Moktan, Suraj Yadav, Ramesh Bajracharya and Gyanu Joshi.
Presented by Basuri Films, it is produced by Gurung, Maniram Pokharel, Madhu Mijar and Bishal Gurung, with Sagar Raj as executive producer. Music is by Kaliprasad Baskota, Adha Sur and Jhuma Limbu, cinematography by Sanjay Lama and editing by Surendra Poudel. The film hits cinemas on Kartik 6, two days after tika, in time for the Dashain holidays.
यूट्युबमा हेर्नुहोस्Watch on YouTube


