
वर्षकै ठूलो ओपनिङतिर ‘कबड्डी ५’, डेढ करोडको प्रक्षेपण'Kabaddi 5' Eyes Year's Biggest Opening, Rs 1.5 Crore Projected
हलमा यतिबेला फिल्मको चाप उच्च छ। स्वदेशी र विदेशी गरी करिब एक दर्जन फिल्म चलिरहेका बेला कात्तिक ६ गते शुक्रबार ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ प्रदर्शनमा आएको छ। फिल्मले देशभर २२० भन्दा बढी शो पाएको छ र आक्रामक ओपनिङ गर्ने संकेत देखिएको छ।
रामबाबु गुरुङ निर्देशित फिल्मका अग्रिम बुकिङमै एक सयभन्दा बढी शो हाउसफुल भइसकेका छन्। पूर्वका धरान, इटहरी, दमक र विर्तामोडमा बुकिङ विशेष आक्रामक देखिएको छ। काठमाडौँ, चितवन, नेपालगन्ज, बुटवल, पोखरा, दाङ, दमौली र कावासोतीलगायत सहरमा पनि ठूलो संख्यामा टिकट बिक्री भएका छन्।
देशभरको बुकिङ हेर्दा फिल्मले वर्षकै सबैभन्दा ठूलो ओपनिङ पाउने सम्भावना देखिएको छ। अग्रिम बुकिङमै ५० लाखमाथिको व्यापार गरिसकेको फिल्मले डेढ करोड हाराहारीको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ। दर्शकको मुखमुखे प्रचार (वर्ड अफ माउथ) बलियो भए शनिबार दुई करोडभन्दा बढी कमाउन सक्ने अनुमान छ।
बाँसुरी फिल्म्सको ब्यानरमा बनेको फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, मिरुना मगर, सिर्जना गुरुङ, रिश्मा गुरुङ र कमलमणि नेपाललगायतले अभिनय गरेका छन्।
Competition in theaters is fierce right now. With about a dozen Nepali and foreign films running, 'Kabaddi 5: After the Final Match' opened on Friday, Kartik 6. The film has secured over 220 shows nationwide and is showing signs of an aggressive opening.
More than a hundred shows of Rambabu Gurung's film were already houseful in advance booking. Bookings look especially strong in the east, in Dharan, Itahari, Damak and Birtamod. Large numbers of tickets have also sold in Kathmandu, Chitwan, Nepalgunj, Butwal, Pokhara, Dang, Damauli and Kawasoti.
Going by bookings across the country, the film could land the year's biggest opening. Having already done over Rs 50 lakh in advance booking, it is projected to open at around Rs 1.5 crore. If word of mouth is strong, it could cross Rs 2 crore on Saturday.
Made under the Basuri Films banner, the film stars Dayahang Rai, Bijay Baral, Buddhi Tamang, Bipin Karki, Miruna Magar, Sirjana Gurung, Rishma Gurung and Kamalmani Nepal, among others.



