The Narratic
२ मिनेट पढाइ2 min read

समाचारNews

‘गौँथली’ २६ करोड पार, ‘पेन्सन पट्टा’ दोस्रो स्थानमा, ‘बाः एक योद्धा’ तेस्रो'Gauthali' Crosses Rs 26 Crore, 'Pension Patta' Moves to Second, 'Baa: Ek Yoddha' Third

चलचित्र विकास बोर्डले हलमा चलिरहेका ९ वटा नेपाली फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ। असोज २५ गतेसम्मको विवरणमा ‘गौँथली’ सबैभन्दा माथि छ। यसले ९ लाख ४४ हजार ६१२ टिकट बिक्री गरेर २६ करोड २ लाख ७० हजार ५९० रुपैयाँ ग्रस कमाएको छ। यो यस वर्ष (२०८३) को सर्वाधिक कमाउने फिल्म हो।

दोस्रो स्थानमा ‘पेन्सन पट्टा’ उक्लिएको छ। यसले ‘लालीबजार’ को ९ करोड ३२ लाख रुपैयाँको कमाइ उछिनेको हो। तीजको छेको पारेर भदौ २६ गते रिलिज भएको फिल्मले ९ करोड ८८ लाख ९२ हजार १८८ रुपैयाँ ग्रस कमाएको छ। यो अवधिमा ३ लाख ४७ हजार ८८२ टिकट बिक्री भएका छन्।

‘पेन्सन पट्टा’ पछि ‘बाः एक योद्धा’ अगाडि छ। बोर्डको सिनेपाः विवरणअनुसार यसले ३ करोड ५ लाख २२ हजार ५०२ रुपैयाँ ग्रस कमाएको छ। यसमा पछिल्लो ७ दिनको योगदान १ करोड १२ लाख १६ हजारभन्दा बढी छ। टिकट बिक्री १ लाख ७ हजार ५३३ पुगेको छ।

अन्य फिल्मको कमाइ यस्तो छ:
- ‘बेहुली’: २ करोड ९९ लाख ४० हजार ७२४ रुपैयाँ
- ‘आचार्य’: १ करोड ६२ लाख २७ हजार ९४६ रुपैयाँ
- ‘झिँगेदाउ २’: १ करोड ४६ लाख १२ हजार ९१६ रुपैयाँ
- ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू): १ करोड ३१ लाख ६० हजार ५४५ रुपैयाँ
- ‘चमेलीको पोइ’: ५ लाख ५० हजार २१० रुपैयाँ
- ‘चंगुल’: १ लाख ३८ हजार ३८० रुपैयाँ

The Film Development Board has released the earnings of the nine Nepali films currently running in theatres. In the figures up to Ashoj 25, 'Gauthali' tops the list. It has sold 9,44,612 tickets and earned Rs 26,02,70,590 gross. It is the highest-earning film of this year (2083 BS).

'Pension Patta' has climbed to second place, overtaking the Rs 9.32 crore earned by 'Lalibazar'. Released on Bhadau 26, just ahead of Teej, the film has earned Rs 9,88,92,188 gross, with 3,47,882 tickets sold.

After 'Pension Patta', 'Baa: Ek Yoddha' is ahead. According to the Board's Cinepa data, it has earned Rs 3,05,22,502 gross. The last 7 days contributed more than Rs 1.12 crore, and ticket sales have reached 1,07,533.

Earnings of the other films:
- 'Behuli': Rs 2,99,40,724
- 'Acharya': Rs 1,62,27,946
- 'Jhingedau 2': Rs 1,46,12,916
- 'Elephants in the Fog' (Tinniharu): Rs 1,31,60,545
- 'Chameli Ko Poi': Rs 5,50,210
- 'Changul': Rs 1,38,380