
‘कबड्डी ५’ को पहिलो गीत ‘थाक खोला’ सार्वजनिक, काजीको मनभित्रको पीडा गीतमाFirst Song 'Thak Khola' from 'Kabaddi 5' Released, Kaji's Inner Pain Takes Voice
कात्तिक ६ गतेबाट सिनेमाघरमा आउन लागेको फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को पहिलो गीत ‘थाक खोला’ सार्वजनिक भएको छ। गीतको शब्द र संगीत कालीप्रसाद बाँस्कोटाको हो र उनैले स्वर पनि दिएका छन्। मिक्सिङ, मास्टरिङ र संगीत संयोजन रिकेश गुरुङ किजले गरेका हुन्।
गीतको भिडियोमा फिल्मका मुख्य पात्र काजी (दयाहाङ राई) को तीन सोल्टिनीसँगको सम्बन्ध देखाइएको छ। एकजनासँग उनले घरबार बसाएका छन्। अर्की सोल्टिनी (मैयाँ) र मिस शान्ति पनि उनको जीवनमा आइपुगेका देखिन्छन्। गीतले भने काजीको मनको भाव बोलेको छ। जुनीभर साथ नहुने हो भने अब मायाको कुरै नगरौँ भन्ने आग्रह गीतमा छ।
रामबाबु गुरुङले लेखेर निर्देशन गरेको फिल्ममा दयाहाङसँगै विपिन कार्की, रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, रमेश बज्राचार्य, हरि मिजार र पञ्च सुब्बा गुरुङलगायतले अभिनय गरेका छन्।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुन्। कार्यकारी निर्माता सागर राज छन्। संगीत कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको, छायांकन सञ्जय लामाको र सम्पादन सुरेन्द्र पौडेलको हो। यो शृङ्खलाका अघिल्ला चारवटै फिल्मले बक्स अफिसमा ठूलो सफलता पाएका थिए।
'Thak Khola', the first song from 'Kabaddi 5: After the Final Match', has been released. The film arrives in cinemas on Kartik 6, timed with Dashain. Kaliprasad Baskota wrote the lyrics, composed the music and sang the song himself. Mixing, mastering and music arrangement were done by Rikesh Gurung Kiz.
The video shows the film's central character Kaji (Dayahang Rai) and his relationships with three women. He has settled down with one of them. Another woman (Maiyan) and Miss Shanti have also entered his life. The song voices Kaji's feelings, pleading that if love can't last a lifetime, let's not talk about it anymore.
Written and directed by Rambabu Gurung, the film features Dayahang along with Bipin Karki, Rishma Gurung, Bijay Baral, Buddhi Tamang, Miruna Magar, Sirjana Gurung, Pushkar Gurung, Kabita Aale, Aruna Karki, Shishir Bangdel, Maotse Gurung, Kamalmani Nepal, Ramesh Bajracharya, Hari Mijar and Pancha Subba Gurung, among others.
Presented by Basuri Films, the film is produced by Rambabu Gurung, Maniram Pokharel, Madhu Mijar and Bishal Gurung. Sagar Raj is executive producer. Music is by Kaliprasad Baskota, Adha Sur and Jhuma Limbu, cinematography by Sanjay Lama and editing by Surendra Poudel. All four earlier films in the series were big box office successes.
यूट्युबमा हेर्नुहोस्Watch on YouTube


