
‘आ बाट आमा २’ को दसैँ गीत ‘क्या दामी देखियो’ सार्वजनिक, टिजर र गीतले ५० लाख भ्यू कटाइसकेDashain Song 'Kya Dami Dekhiyo' from 'Aa Bata Aama 2' Released, Teaser and Song Cross 5 Million Views
चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा २’ को टिजर र ‘अचेल किन कान्छी’ गीत चर्चामा छन्। दुवै सामग्रीले युट्युबमा ५० लाखभन्दा बढी भ्यू पाइसकेको बेला निर्माण पक्षले बिहीबार दसैँ गीत ‘क्या दामी देखियो’ सार्वजनिक गरेको छ। गीतमा परदेशीको प्रसंगदेखि दसैँमा लगाइने टीका र जमराका कुरासम्म समेटिएका छन्।
गीतमा बाबुल गिरी, रचना रिमाल, रवि ओड र जुनु रिजालले स्वर दिएका छन्। शब्द र संगीत बाबुल आफैँको हो। भिडियोमा विपना थापा, प्रदीप रावत, पल शाह, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, मलिका महत र निकिता आचार्यलगायत देखिएका छन्। गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा दसैँको माहोल देखाइएको छ।
असोज ३० गतेबाट प्रदर्शनमा आउने फिल्ममा सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का, दीलिप अखेडा र बेगम नेपाली (भटभटे माइला) लगायतले पनि अभिनय गरेका छन्। ‘मेरो डान्स युनिभर्स २’ की विजेता रिस्ता गुरुङले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी छन्।
आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्मको कथा र पटकथा चन्द्र पन्तको हो। संवाद सन्तोष भट्ट, सम्पादन साहिल खान र मिलन श्रेष्ठ, छायांकन नवराज उप्रेती, पार्श्व संगीत एलिस कार्की, रंग संयोजन राजेन्द्र मोक्तान र द्वन्द्व निर्देशन राम-लक्ष्मण सेन्चुरीको हो। फिल्मले आमा-छोराको सम्बन्धलाई केन्द्रमा राखेर वैदेशिक रोजगारीको कथा प्रस्तुत गर्छ।
The teaser of Chandra Pant's film 'Aa Bata Aama 2' and its song 'Achel Kina Kanchhi' are the talk of the moment. With both having crossed 5 million views on YouTube, the producers released the Dashain song 'Kya Dami Dekhiyo' on Thursday. The song touches on everything from the theme of those living abroad to the tika and jamara of Dashain.
The song is sung by Babul Giri, Rachana Rimal, Ravi Od and Junu Rijal, with lyrics and music by Babul himself. The video features Bipana Thapa, Pradeep Rawat, Paul Shah, Aakash Shrestha, Cygrace Pokharel, Malika Mahat and Nikita Acharya, among others. Choreographed by Gambhir Bista, the video captures the Dashain atmosphere.
Releasing on Ashoj 30, the film also features Sabin Shrestha, Gajit Bista, Naren Khadka, Dilip Akheda and Begum Nepali (Bhatbhate Maila), among others. Rishta Gurung, winner of 'Mero Dance Universe 2', makes her acting debut with this film.
Presented by Arya Entertainment, the film has story and screenplay by Chandra Pant, dialogue by Santosh Bhatta, editing by Sahil Khan and Milan Shrestha, cinematography by Nawaraj Upreti, background score by Alish Karki, color grading by Rajendra Moktan and action direction by Ram-Laxman Century. The film tells a story of foreign employment, with the mother-son relationship at its center.
यूट्युबमा हेर्नुहोस्Watch on YouTube


