The Narratic
‘छ माया छपक्कै २’ ट्रेलरमा सन्तानको पर्खाइ र धोका: भिडियोको दृश्य
१ मिनेट पढाइ1 min read

समाचारNews

‘छ माया छपक्कै २’ ट्रेलरमा सन्तानको पर्खाइ र धोका'Chha Maya Chhapakkai 2' Trailer: Longing, Love and Betrayal

फिल्म हलमा आउन तीन दिन पनि बाँकी छैन। रिलिजको ठीक अगाडि, बुधबार राति ‘छ माया छपक्कै २’ को ट्रेलर बाहिर आएको छ। फिल्म फूलपातीको दिनबाट सिनेमाघरमा पर्दैछ।
यसपटक कथा सन्तानको चाहनातिर मोडिएको देखिन्छ।

वर्षौँसम्म काखमा बच्चा नआउँदा एउटा दम्पतीले भोग्ने पीडा र त्यसले सम्बन्धमा ल्याउने तनाव ट्रेलरको मुख्य विषय हो। माया र विश्वासका साथसाथै छलकपट र धोकाका झलक पनि त्यही पर्खाइको वरिपरि बुनिएका छन्।

ट्रेलरमा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई देखिन्छन्। रवीन्द्र झा पनि फिल्ममा जोडिएका छन्, उनी चिकित्सकको भूमिकामा छन्।

दीपेन्द्र लामाले निर्देशन गरेको फिल्मका निर्माता रोहित अधिकारी हुन्। अन्य कलाकारमा दीपाश्री निरौला, प्रकाश घिमिरे, कर्मा, निर्मल शर्मा, मेक्सम गौँडेल र रमा थपलिया छन्।

With less than three days left before release, the trailer for 'Chha Maya Chhapakkai 2' dropped on Wednesday night. The film opens in cinemas on Fulpati.

This time the story turns toward the wish for a child. The trailer's main thread is the pain of a couple who have waited years for a baby, and the strain that waiting puts on their bond. Love and trust sit alongside deceit and betrayal, all woven around that same longing.

Deepak Raj Giri, Keki Adhikari and Sanisha Bhattarai appear in the trailer. Ravindra Jha has also joined the film, as a doctor.

Dipendra Lama directs, and Rohit Adhikari produces. The rest of the cast includes Deepashree Niraula, Prakash Ghimire, Karma, Nirmal Sharma, Maxam Gautam and Rama Thapaliya.

यूट्युबमा हेर्नुहोस्Watch on YouTubeयो लेखको भिडियो संस्करणThe video version of this article