
‘बाटुलो जून’ को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक, अनमोल केसी र प्रिन्सी खतिवडाको प्रेमिल अवतार'Batulo Jun' First Song 'Mero Man Choryau Sutukkai' Released, Anmol KC and Princy Khatiwada in a Romantic Avatar
भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’ को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक भएको छ। घटस्थापनाको अवसर पारेर निर्माण पक्षले आइतबार गीत रिलिज गरेको हो।
गीतको शब्द र संगीत युग भुसालको हो। स्वर तृषा चटर्जी र हिमांशु जान शर्माको छ। भिडियोमा फिल्मका मुख्य कलाकार अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडा प्रेमिल अवतारमा देखिएका छन्। विक्रम स्वारले कोरियोग्राफी गरेका छन्।
भिडियोमा पुरानो समयको परिवेश देखाइएको छ। टिजरमा देखिएको कथा र वातावरणलाई गीतले अलि फराकिलो बनाउने प्रयास गरेको छ। गीतमा अनमोलको हाउभाउले उनका पिता भुवन केसीको पुरानो फिल्मी छविको झल्को दिन्छ। टिजर आउँदा पनि अनमोलको लुकलाई भुवनको पुरानो शैलीसँग दाँजिएको थियो। प्रिन्सीको नृत्य र प्रस्तुति पनि आकर्षक देखिन्छ।
फिल्ममा अनमोल र प्रिन्सीसँगै भुवन केसी, गरिमा पन्त, न्यान्सी खड्का र प्रकाश घिमिरेलगायतले अभिनय गरेका छन्। लेखन सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको हो। छायांकन राजेश श्रेष्ठ र सम्पादन कृष्ण भण्डारीको हो। जिया केसी र भविष्य खड्का निर्माता हुन्, सह-निर्माता विवेक थापा हुन्। फिल्म कात्तिक २६ गतेबाट सिनेमाघरमा आउँदैछ।
The first song, 'Mero Man Choryau Sutukkai', from Bhuwan KC's film 'Batulo Jun' has been released. The producers put it out on Sunday to mark Ghatasthapana.
Yug Bhusal wrote the lyrics and composed the music, and Trisha Chatterjee and Himanshu Jaan Sharma sing it. The video features the film's lead actor Anmol KC and newcomer Princy Khatiwada in a romantic avatar, with choreography by Bikram Swar.
The video recreates an older era. The song tries to widen the story and setting already hinted at in the teaser. Anmol's body language in the song recalls the old screen image of his father, Bhuwan KC, a comparison that was also made when the teaser came out. Princy's dance and expressions also come across as attractive.
Besides Anmol and Princy, the film features Bhuwan KC, Garima Panta, Nancy Khadka and Prakash Ghimire, among others. It is written by Samipyaraj Timalsena and Sarin Pokharel, with cinematography by Rajesh Shrestha and editing by Krishna Bhandari. Jiya KC and Bhabishya Khadka are the producers, and Bibek Thapa is the co-producer. The film arrives in cinemas on Kartik 26.
यूट्युबमा हेर्नुहोस्Watch on YouTube


