The Narratic
१ मिनेट पढाइ1 min read

समाचारNews

​‘बाकस’को शुभमुहूर्त: पहिलो टेक अभिनेत्री वर्षा राउतको​Barsha Raut Gives First Shot for 'Bakas'

निर्देशक नवीन पन्तको निर्देशनमा निर्माण हुन लागेको नयाँ फिल्म ‘बाकस’को औपचारिक छायांकन सुरु भएको छ। सोमबार कास्की जिल्लाको पर्यटकीय गाउँ धम्पुसमा ३९औँ सिनको टेक लिँदै फिल्मको छायांकन थालिएको हो। फिल्मका लागि पहिलो शट अभिनेत्री वर्षा राउतले दिएकी छन्। धम्पुसका विभिन्न रमणीय स्थलहरूमा करिब एक महिनासम्म फिल्मको छायांकन गरिने निर्माण पक्षले जनाएको छ।

​पीके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा वर्षा राउत र महेश त्रिपाठी मुख्य जोडीका रूपमा देखिँदै छन्। उनीहरूसँगै फिल्ममा विपना थापा, भोलाराज सापकोटा, हिउँवाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ, विमल यादव, सुपला सापकोटा, सनाज चौलागाईं, अविरल चौलागाईं र रेखा भण्डारीलगायतका कलाकारहरूको अभिनय रहनेछ।​

सुजिता चौलागाईंको निर्माण तथा धर्मेन्द्र पन्तको कार्यकारी निर्माणमा बनिरहेको यस फिल्मका सह-निर्माता राजन सिंह केसी र छत्र बहादुर खड्का हुन्। निर्देशक पन्त स्वयंको कथा तथा लेखन रहेको फिल्ममा महेश पौडेलको छायांकन, दीपक शर्मा र सनम पुरुष राईको संगीत, सियोन श्रेष्ठको कोरियोग्राफी तथा किरण दाहालको द्वन्द्व निर्देशन रहनेछ।

Filming for the upcoming movie 'Bakas', directed by Navin Panta, officially commenced on Monday. The principal photography kicked off with scene number 39 in the scenic village of Dhampus, Kaski district. Actress Barsha Raut delivered the movie's first clap shot. According to the production team, shooting will continue across various locations in Dhampus for about a month.

​Produced under the banner of PK Entertainment, the film features Barsha Raut and Mahesh Tripathi as the lead onscreen couple. The ensemble cast also stars Bipana Thapa, Bholaraj Sapkota, Hiuwala Gautam, Dhurba Gautam, Pushkar Raut, Bikram Budhathoki, Rohit Shrestha, Bimal Yadav, Supala Sapkota, Sanaj Chaulagai, Abiral Chaulagai, and Rekha Bhandari.​

The film is produced by Sujita Chaulagai, with Dharmendra Panta serving as executive producer and Rajan Singh KC alongside Chhatra Bahadur Khadka as co-producers. Written by director Panta himself, the project features cinematography by Mahesh Paudel, music by Deepak Sharma and Sanam Purush Rai, choreography by Siyon Shrestha, and action direction by Kiran Dahal.